मानव खप्परसहित एक जना पक्राउ

विराटनगर,२० माघ । मानव कङ्कालसहित प्रहरीले एक जनालाई विराटनगरबाट पक्राउ गरेको छ ।
भारतबाट नेपाल ल्याउँदै गरेको मानव कङ्कालसहित विनोद रायलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेका विराटनगर १७ का रायलाई मानव कङ्कालसहित प्रहरीले पक्राउ गरेको हो ।

सीमामा खटेका सशस्त्र प्रहरीको टोलीले ३७ वर्षीय रायको साथबाट मानव खप्पर ३८ थान र नली खुट्टाको हड्डी १० थान बरामद गरेको छ ।

उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles