सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न लगाउँछन् भन्ने कुरा हिजो हरिहरपुरगढीमा भएको घटनाले सार्वजनिक गरेको छ । सिन्धुली क्षेत्र नम्बर २ का नेकपा उमेदवार राजन दाहालको निर्देशनमा एमालेका स्थानीय कार्यकर्तालाई झुठा आश्वास दिएर पार्टी प्रवेशको डंका पिटेको कुरा साँझसम्म पनि टिक्न सकेन । उनीहरु स्वयमंले कुरा गर्नु छ भन्दै बोलाएर पार्टी प्रवेश गराएको बिबरण सुनाएपछि गलत गर्नेको मुखुण्डो उदांगो भएको हो ।

हहिरपुरगढी गाउँपालिकामा मंगलवार एमाले परित्यागगरी नेकपामा प्रवेश गरेको समाचार साँझ ७ बजेसम्म पनि टिक्न नसकेको हो ।
विकास योजना दिने भन्दै गलत आश्वासन दिएर गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवाले एमालेका महिलासहितका ७ कार्यकर्तालाई खादा लगाएर पार्टी प्रवेश गराएको समाचार सामाजिक सञ्जालमा बाहिरिएको थियो ।
एमालेका नेता हिरा लामा र दिपक माझी सहितलाई हिंजो साँझ घरमा बोलाएर नेकपा प्रवेश गरे भन्दै प्रचार गरिएका एमाले कार्यकर्ताहरुले आफूहरुलाई झुक्याएर, विभिन्न योजनाहरु दिन्छु भन्दै पार्टी प्रवेश गराएको प्रचारवाजी गरिएपनि आफूहरु एमालेमै रहेको प्रष्ट पारेका थिए ।
एमाले नेता हिरा लामाले हिजो राती सन्देशजनप्रियसँग कुराकानीगर्दै नेकपा प्रवेश गरेका भनिएकाहरु नेकपा एमालेमैं रहेको र पार्टीका उमेदवारका पक्षमा बुधवारबाटै घरदैलो अभियानमा सक्रिय भएर लाग्ने जानकारी दिए । उनले निर्वाचनको क्रममा यस्ता गलत र आम मतदातामा भ्रमपूर्ण गतिविधी नगर्न र जनप्रतिनिधीलाई मर्यादित भएर बस्न लामाले सुझाब दिएका छन् । उनले अगाडि भनेकाछन्ः हामी निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न होस् भन्ने पक्षमा दृढ छौं, यस्ता गलत प्रचारवाजी हरकतहरु जारी राखे त्यस्ता हरकतको प्रतिवाद गर्न आफूहरु तयार रहेको चेतावनी दिएका छन् ।
पछिल्लो समय निर्वाचन आचारसंहिता उलंघन गर्दै केही पालिका प्रमुखहरुले आफू सम्बद्ध दलको उमेदवारलाई सघाउन राज्यस्रोतको दुरुपयोग गर्ने क्रम बढेर गएको छ ।

