लाखौं ठगी गरी फरार दाम्पति सहित वीरेन्द्र लिम्बु हाल फरार

दाङ जिल्ला घोराई उपमहानगरपालिका वडा नम्बर १९ बस्ने भोकबहादुर पुन मगरको छोरा वर्ष ३२ को मोहन पुन मगर र उसैको श्रीमती समीक्षा पुन मगर चमेली भन्नेले काठमाडौँबाट लाखौं ठगी गरी हाल फरार भएका छन्। उनीहरूले हामीसँग लाइटस्टोन बल्ने ढुङ्गा छ यो सामान बेच्नुपर्नेछ। लिने पार्टी तयारी छ होटेल बुकिङ गर्न दुई लाख लाग्छ भनी लोभ लालच देखाई सयौँ मान्छे ठगी गरी हाल फरार अवस्थामा रहेका छन्। उक्त दाम्पतिले काठमाडौँ बसपार्कमा बस्दै आएका र त्यहाँ वरपरका फेन्सी तथा टेलरिङबाट भोलि पैसा दिन्छु भन्दै लाखौं लाखौंको सामान उधारो समेत उधारो लिई हाल फरार अवस्थामा रहेका छन्। भने अर्को तर्फ विभिन्न र गाउँका सोझा साझा व्यक्तिलाई इटा भट्टीमा काम लगाउँछौं भनी विभिन्न व्यक्तिलाई लिही काम लगाएका र उक्त इटाभट्टीबाट कामदारको काम गरेको पारिश्रमिक समेत लिएर फरार रहेको पीडित पक्षले जानकारी दिएका छन् भने धेरै व्यक्तिलाई भारत काम लगाइदिन्छौं भनेर अलपत्र पारेका छन्। लाइट स्टोनबाट करोडौं आउँछ भनी सन्तोषी राई बिदुर खड्का, सूर्य लामा भुवन त्रिपाठी नगेन्द्र कुँवर विष्णु ओली महेन्द्र सापकोटा यामबहादुर मगर टेकबहादुर पुन विजय सुनार सुशील योगी होमबहादुर परियार शीतली परियार मिनु परियार नानु परियार लगायत सयौं व्यक्तिलाई विगत चार वर्षदेखि ठगी गर्दै हिँडेको र पोखरा चितवन बुटवल लगायतका विभिन्न ठाउँहरूमा समेत ठगी गर्दै हिँडेको जानकारी आएको छ। यशोदा नेपाली भन्नेबाट पनि लाखौं ठगी गरी हिँडेको पीडित पक्षले जानकारी दिएका छन् भने त्यस्तै रानीवन दोहोरी पाहुना सेकुवा घर खुसी बारमा समेत लाखौं उधारो ह
खाई हाल फरार अवस्थामा छन् भने उक्त दाम्पत्य सहित वीरेन्द्र लिम्बु भन्ने व्यक्ति सहित तीन जनालाई विभिन्न प्रहरीमा उनीहरू विरुद्ध उजुरी समेत परेको छ। बाँकी ठगिएकाहरुले पनि उजुरी गर्ने तयारीमा रहेको जानकारी गराए बिरेन्द्र लिम्बु र उक्त दाम्पत्यहरुले नक्कली बोल्ने ढुंगा बनाई ठगी गर्दै हिँडेको पीडित पक्षले बताए ठगी गर्दै हिँडेका पीडितहरूले बताए भुवन त्रिपाठीलाई समेत पैसा नभएको चेक दिइ पैसा लि फरार भएका छन् भने लगभग चार वर्षदेखि सयौं व्यक्तिलाई ठगी गरेका छन् भने ५ करोडभन्दा बढी ठगी गरेको अनुमान छ।साथै डीपी ओली प्रकाश त्रिपाठी मेलिना तेज शिव बिमला लगायतका व्यक्तिहरु पनि उनीहरूबाट ठगिएका छन्। पीडित पक्षले फोन गर्दा हामी यहाँका डन हौँ। हाम्रो पुलिस सेटिङ छ तिमीहरुले के गर्न सक्छौ गर भनी धाक धम्की तथा जिउ ज्यान मार्ने जस्ता धम्की दिने गरेका छन् उक्त ठगी गर्दै हिँडेका दाम्पतिलाई जो कोहीले भेटेमा नजिकको प्रहरी चौकीमा बुझाउन र अरु व्यक्तिहरु ठगिनबाट बचाउन पीडित पक्षले अनुरोध समेत गरेका छन्।


