काठमाडौं, १४ माघ । दुई करोड रुपैयाँ बराबरको अनलाइन जुवा सञ्चालन गरेको आरोपमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा रामेछापको खाँडादेवी गाउँपालिका–९ निवासी ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१३ निवासी २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूमाथि मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अनुसार जुवा तथा सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले अनलाइनमार्फत ठूलो परिमाणमा जुवा खेलाउने कार्य गरेको खुल्न आएको छ।