कांग्रेसले चयन गर्‍यो तराई-मधेश समन्वय विभागमा १० सदस्य

काठमाण्डौं, १४ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई-मधेश समन्वय विभागमा १० सदस्यलाई मनोनयन गरेका छन्। पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५(९०) बमोजिम केन्द्रीय सदस्य किरण यादवको प्रमुखतामा गठन गरिएको विभागमा यी सदस्यहरू मनोनयन गरिएको हो।

नवनियुक्त सदस्यमा बाराका कृष्णवर्त सिंह, कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहाका अरुणकुमार सिंह, रौतहटका रामकृपाल यादव, काठमाडौंका दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरी रहेका छन्।

विभागका प्रमुख किरण यादवका अनुसार यो समन्वय विभाग तराई–मधेश क्षेत्रका नेता तथा कार्यकर्ताबीच समन्वय गरेर पार्टी संगठनलाई अझ बलियो बनाउने लक्ष्यमा केन्द्रित रहनेछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले मनोनयनको औपचारिक जानकारी गराएका हुन्।

ताजा समाचार

Related Articles