सिन्धुली: नेपाली कम्युनिस्ट पार्टीले सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष उम्मेदवारमा महेश्वर दाहाललाई पनि सिफारिस गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलसहितलाई सिफारिस गरिएको यो क्षेत्रमा दाहाललाई समेत सिफारिस गरिएको हो ।

सो क्षेत्रमा महेश्वरको आफ्नै वैचारिक एवं सादगी चरित्र स्थापित छ । अघिल्ला विजेता लेखनाथ दाहाल ‘राजन’लाई पार्टीले क्षेत्र नम्बर- १ बाट लड्न सिफारिस गरेको छ । लेखनाथ तत्कालीन माओवादी केन्द्रका एक वाकपटुशील सांसद हुन् । उनलाई पार्टीले क्षेत्र नम्बर-१ मा सिफारिस गर्नुको उद्देश्य, पछिल्ला राजनीतिक चुनौतीबिच सिन्धुलीमा नेकपालाई अविच्छिन्न किल्ला बनाउने सोचेको उम्मेदवारमा सिफारिस कार्यदलका एक सदस्यले बताए ।
पार्टी संयोजक प्रचण्ड भने अहिले सिन्धुलीमा चुनाव लड्ने मुडमा नभएको बताइन्छ । थुप्रै पार्टी समितिले उनलाई आ–आफ्नै क्षेत्रबाट चुनाव लड्न सिफारिस गरेका छन् ।

हरिबोल गजुरेलले भने चुनावमा नयाँलाई सहयोग गरेर अपवाद बाहेक पूर्व सांसदले आफ्नो अनुभव तथा तागतलाई अब समाजवादी दिशामा लगाउनुपर्ने मत जाहेर गरिरहेका छन् । महेश्वर उक्त पार्टीका पुराना मात्र होइनन्, युवा नेतृत्व समेत हुन् ।

