कांग्रेसले भन्यो- माओवादीसँगको संवाद संयोग हो, गठबन्धन हुँदैन

३ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँगको गठबन्धन हुने कुनै सम्भावना नरहेको प्रष्ट पारेको छ ।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग गठबन्धनको कुनै सम्भावना नभएको बताएका हुन् ।

‘माओवादीसँग गठबन्धन गरेर जाने भन्ने छैन । सरकार परिवर्तनको कुरौ सोच र योजना छैन,’ उनले भने । गभर्नर, बजेट लगायतका विषयमा सांसदहरूले चासो राखेको उनले बताए ।

‘गभर्नरको विषय पनि उठ्यो । बजेट कसरी वितरण हुन्छ । सबैलाई समान ढंगले वितरण गर्नुपर्‍यो भन्ने कुरा पनि अयाो । सन्तुलित विकास हेरेर बजेट बन्नुपर्‍यो भन्ने आयो,’ उनले भने ।

[bc_random_banner]

ताजा समाचार

Related Articles