नवलपरासी,३० जेठ । पूर्व नवलपुरको देवचुली नगरपालिका–३ आम्बासका एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेको जिल्ला पहरी कार्यालयका सूचना अधिकारी पहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
दम्पतीबीच घरेलु विवाद चर्किँदै जाँदा दिलबहादुरले फलामको रड श्रीमतीको टाउकोमा प्रहार गरेका थिए। घटनास्थलमै जमुनाकोघटनास्थलमै गम्भीर चोटका कारण मृत्यु भएको नेपालले बताए।

घटना बुधबार राति करिब ९ बजे भएको प्रहरीले जनाएको छ। हत्यापछि दिलबहादुर फारार भएका थिए। तर, प्रहरीले उनलाई केही समयमै नियन्त्रणमा लिएको थियो। दिलबहादुरले प्रहरीसमक्ष घटना स्वीकार गरेको पहरी नायब उपरीक्षक नेपालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।