काठमाडौँ,२९ जेठ । निर्धारित समयभन्दा १५ दिन अगाडि पूर्वी नेपाल प्रवेश गरेर रोकिएको मनसुन आज लुम्बिनी प्रदेशसम्म फैलिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज मनसुन कोशी प्रदेशका बाँकी भागसँगै, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा फैलिएको हो।
अन्य प्रदेशमा फैलिन अझै केही दिन लाग्ने विभागले थाहाखबरलाई जानकारी दिएको छ।

नेपालमा यसपालि पहिलो पटक यही जेठ १५ गते मनसुन भित्रिएको थियो।