मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न व्यक्ति पक्राउ

पर्सा, ७ असार । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका–८ खर्कटा बस्ने ४१ वर्षीय दिपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ। 

ठोरी गाउँपालिका–२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई ४ जना पीडितहरूलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । 

साथै प्रहरीले पीडितहरूको उद्दार समेत गरेको छ । 

उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

[bc_random_banner]

ताजा समाचार

Related Articles