काठमाडौँ : सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज गएको भूकम्पमा परी ६ जना घाइते भएका छन्। प्रहरी कार्यालय, घर तथा गोठसहित ६ वटा भौतिक संरचना क्षति भएको छ।
नेपाल प्रहरीका अनुसार सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, संखुवासभा, म्याग्दी र धादिङमा घटना भएका छन्।
भूकम्पले १ पूर्ण र ३ आंशिक गरी ४ घर, एउटा गोठमा क्षति पुगेको तथा सिन्धुपाल्चोकको कोदारीको प्रहरी कार्यालयमा क्षति पुगेको छ।
काठमाडौँमा २ जना घाइते भएका छन् भने संखुवासभामा २ घरमा क्षति पुगेको छ। सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन्। उता धादिङमा पनि एक प्रहरी घाइते भएका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले थाहाखबरलाई जानकारी दिए।
तीन परिवार विस्थापित भएका पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो।