चन्द्रनिगाहपुरको हाईवे ट्रमा हस्पिटलले वार्षिकोत्सवका अवसरमा बिरामीहरूलाई विशेष छुटसहित सेवा प्रदान गर्दै

चन्द्रनिगाहपुर, २३ माघ । हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो पहिलो वार्षिकोत्सव अवसरमा विशेष छुटसहित सेवा प्रदान गरेको छ। बिरामीहरूलाई लक्षित गर्दै अस्पतालले निःशुल्क ओपीडी सेवा, ल्याब परीक्षणमा ४०% छुट, तथा एक्स-रे/भिडियो एक्स-रेमा ४०% छुट दिएको छ।
सो अवसरमा ओपीडी सेवाबाट ७० भन्दा बढी बिरामी लाभान्वित भएका छन् भने, भिडियो एक्स-रे सेवा २० जनाले र ल्याब परीक्षण ३५ जनाले लिएका छन्।
एक वर्षको अवधिमा अस्पतालले अर्थोपेडिक (हाड जोर्नी तथा नसा) सम्बन्धी २२७ शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरेको छ। त्यस्तै, विभिन्न प्रकारका सर्जरी १२० वटा तथा सी-सेक्सन (अपरेसनद्वारा बच्चा जन्माउने प्रक्रिया) ३० भन्दा बढी गरिसकेको छ।
अत्याधुनिक उपकरण तथा वरिष्ठ विशेषज्ञ डाक्टरहरुद्वारा सेवा प्रदान गर्दै आएको यस अस्पतालले आगामी दिनमा थप सेवा तथा सुविधाहरू विस्तार गर्ने जनाएको छ।
अस्पतालका सञ्चालक तथा प्रबन्ध निर्देशक, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. नवीन कुमार सिंहले अस्पतालले निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिएका छन्।

ताजा समाचार

Related Articles