नबिल बैंकको वित्तीय विवरण सार्वजनिक: नाफा सवा ३ अर्ब

काठमाडौं, ०७ माघ । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफा सामान्य १.२९ प्रतिशतले बढेको छ । यसअवधिमा खुद नाफा १.२९ प्रतिशतले बढेर ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियो । 

यता, खुद ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी खुम्चिए पनि इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफामा सामान्य सुधार आएको हो । गत वर्ष १ अर्ब ९७ करोड १७ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ३५ करोड रुपैयाँमा आएको छ । 

दोस्रो त्रैमाससम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३१ पैसाले बढेर २४ रुपैयाँ ०५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा छ । चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ ।

ताजा समाचार

Related Articles