प्रदेश शभा सदस्यमा मिर्जा राशिद बेगको चर्चा

पछिल्लाे समाचार

रूपन्देहीमा व्यापारी द्वारा विरोध प्रदर्शन

भैरहवा । ऋणकाे प्रेसरले प्राण त्याग गरेका न्युराेड काठमाण्डाैंका व्यापारी सुदर्शन घिमिरेकाे घटनालाइ लिएर रूपन्देहीमा प्रदर्शन गरिएकाे छ...

कपिलवस्तुमा खसि तस्करी बढ्याे ,सुरक्षाकर्मी भन्दा भन्सार सक्रिय

कपिलवस्तु, भाद्र २६ । कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले शिवराज नगरपालिकाको हल्लानगर बाट...

जसपा कपिलवस्तु ३ बाट अशोक यादवको नाम सिफारिश

कपिलवस्तु, भाद्र १९ जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला संसदीय निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समिति भेलाले आसन्न प्रतिनिधि...

परासीस्थित हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङका शिक्षकको कुटाईबाट बिद्यार्थीको फुट्यो कानको जाली

परासी पश्चिम नवलपरासीको सदरमुकाम परासी रामग्राम - ४ बैरिहवा पालिका नजिकै रहेको हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङ स्कुलमा...

उपाध्यक्ष मौलाना मशहुद खां लाई मंत्री वसीउद्दीन खां ले दिए बधाई

कृष्णनगर, भाद्र ३ लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा कपिलवस्तुका...

कृष्णनगर, साउन, २९

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा दौडधुपमा सक्रिय भएका छन् । उनीहरुले आफुले गरेको काम र आउने दिनमा गर्ने कार्यसुची लिएर दौडधुपलाई तीव्रता दिएका छन् । यति बेला नेताहरुले आ–आफ्नो पार्टीका शीर्ष नेतालाई भेट्दै टिकट पाउनको लागि पहल गरिरहेका छन् ।

कपिलवस्तुको क्षेत्र नम्बर ३ को ‘ख’ बाट यस पाली प्रदेश सभाको निर्वाचनमा प्रदेश सदस्य उम्मेदवारीका लागि नेकपा एमालेबाट युवा नेता मिर्जा राशिद बेगको सम्भावना देखिएको छ । मिर्जा बेगले स्थानीय चुनाव सकिएपछि निरन्तर जनताको बीचमा रही नेकपा एमालेलाई थप बलियो बनाउनका लागि सक्रियपुर्वक लागेका छन् ।

स्थानीय तहको निर्वाचनमा कृष्णनगर नगरपालिकामा मेयर पदको उम्मेदवारी दिने पुर्ण तैयारीमा रहे पनि स्थानीय जिल्ला, प्रदेश तथा केन्द्रका शिर्ष नेताहरुको आग्रहमा उम्मेदवारी नदिएका बेगले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिने देखिएको छ । मंसिर ४ गते प्रदेश सभाको निर्वाचनमा क्षेत्र नम्बर ३ ‘ख’ बाट उम्मेदवारी दिने तैयारीमा रहेको मिर्जा राशिद बेगले बताए ।

मिर्जा राशिद बेग असल छबी तथा जनता माझमा लोकप्रिय हुदै जनताको सुख दुखमा साथ दिँदै आएका छन् । जनताको चाहना र इच्छा अनुसार नै आफु प्रदेश सभामा उठ्ने उनले बताए । स्थानीय जनताको भनाइ अनुसार यसपाली मिर्जा राशिद बेगलाई नेकपा एमाले पार्टीले टिकट दिनुपर्ने मागसमेत गरिरहेका छन् ।

नेकपा एमाले कृष्णानगर नगर कमिटी सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल कृष्णनगरका नगर अध्यक्ष पदमा बसी नेकपा एमालेका लागि निरन्तर सात वर्षदेखि काम गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हुँदै आएका छन् ।

स्थानीय निर्वाचनमा बेगलाई टिकट नदिए पनि मिर्जाले पार्टीको नीती, सिद्धान्त अनुसार नेकपा एमाले पार्टीका उम्मेदवारहरुको लागि घरदैलो गरि मत माग्नमा निकै सहयोग पुर्याएका छन् । उनलाई पार्टीले प्रदेश सभा निर्वाचनका लागि टिकट दिए जीत्ने प्रबल सम्भावना देखिएको स्थानीयले बताएका छन् ।

Advertisement

लोकप्रिय