राजेन्द्र महतो को गृह पालिकामा पराजित भएका लोसपा गोडैतामा विजयी ।।

पछिल्लाे समाचार

आचारसंहिता पालन गराउने उत्कृष्ट ३ केन्द्राध्यक्ष सम्मानित हुने ।।

राधेश्याम कुशवाहा, १४ जेठ ।।जिल्ला परीक्षा समिती, सर्लाहीले माध्यमिक शिक्षा परीक्षामा सबैभन्दा बढी आचारसंहिता पालन गर्ने गराउने ३...

सर्लाहीमा पहिलो महिला मेयरको रुपमा कल्पना कटुवाल निर्वाचित

राधेश्याम कुशवाहा,९ जेठ ।। सर्लाहीको बरहथवा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले जित हासिल गरेको छ । नेकपा एमालेका मेयर...

महेन्द्र महतो पराजित हुने भाकल पुरा भएपछि पासवानले गराए मुण्डन।।

राधेश्याम कुशवाहा, ६ जेठ सर्लाही । सुन्दा हेर्दा नै आश्र्चय लाग्ने घटना आज सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सार्वजनिक भएको छ । चन्द्रनगर गाउँपालिका...

राजेन्द्र महतो को गृह पालिकामा पराजित भएका लोसपा गोडैतामा विजयी ।।

राधेश्याम कुशवाहा,५ जेठ । सर्लाहीमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले पहिलो जित हासिल गरेको छ ।

गाउँपालिका अध्यक्ष उम्मेदवारी दिएका मुसहर अभियन्ता राजकुमार महतो विजयी

राधेश्याम कुशवाहा, ०४ जेठ सर्लाही।।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएको छ । नेपाली कांग्रेसकाअध्यक्ष पदका उम्मेदवार...

राधेश्याम कुशवाहा,५ जेठ । सर्लाहीमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले पहिलो जित हासिल गरेको छ ।

गोडैता नगरपालिकामा लोसपाका मेयर पदका उम्मेदवार देवेन्द्र कुमार यादव र उपमेयरमा अंजना कुशवाहा पुनः दोस्रो पटक विजयी भएका हुन । यो जितसंगै राजेन्द्र महतो नेतुत्वका लोसपाले जिल्लामा खाता खोलेका हुन ।

निर्वाचित मेयर यादव ले आफनो निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार ओपेन्द्र प्रसाद कुशवाहा लाई ५ सय ४२ मतको फराकिलो अन्तरले पछि पार्दै विजयी भएका हुन ।

नगर प्रमुखमा निर्वाचित भएका यादवले ५ हजार २ सय ९४ मत प्राप्त गरे भने उपप्रमुखमा कुशवाहाले ५ हजार ३ सय १ मत प्राप्त गरिन ।

नगर प्रमुख यादका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र प्रसाद कुशवाहाले ४ हजार ७ सय ५२ मत प्राप्त गरे ।

त्यस्तै उप प्रमुख कुशवाहाको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामशखी देबीले ४ हजार ४ सय ९३ मत प्राप्त गरिन ।

गोडैता नगरपालिकामा जम्मा १२ वटा वडा रहेका छन । गोडैता नागरपालिका वार्ड न.१ र २ मा माओवादी केन्द्र का सुजित महतो र अजय प्रसाद साह, ३, ४, ५,७ र १२ मा लोसपाकै क्रमशः विजय प्रसाद यादव, राजा राम साह, प्रकाश गुप्ता, छोटेलाल दास र गुड्डु यादव,

६ र ९ मा नेपाली कांग्रेसकै सलेन्द्र कुशवाहा र दसैं सहनी, ८, १० र ११ मा एमालेका मिरेन्द्र झा, वैधनाथ मण्डल र विश्वनाथ पंडित विजयी भएका हुन ।

चन्द्रनगर गाउँपालिका लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो को गृह पालिका हो । जहाँ गत निर्वाचनमा महतो का जेठो दाई र प्रदेश सांसद ओपेन्द्र महतो का बुबा महेन्द्र महतो सुडी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

तर यो पालिकाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार महतो ले सुडीलाई भारी मत अन्तरले पछि पार्दै विजयी भएका हुन । सर्लाहीमा राजेन्द्र महतो नेतुत्वको लोसपाले गोडैता नगरपालिका बाहेक अरु कुनै पालिकामा अग्रता समेत कायम गर्न सकेका छैन, भने ओपेन्द्र यादव नेतुत्वको जसपाले भने बसबरिया र चक्रघटा गरि २ पालिका जित हात पार्न सफल भएका हुन ।

जिल्लामा २० वटा पालिका रहेकोमा १५ वटा पालिकाको मत परिणाम आईसकेका छन, जसमध्ये १० मा नेपाली कांग्रेस र ३ मा माओवादी केन्द्र विजयी भएका छन ।

Advertisement

लोकप्रिय