बागमती प्रदेश धानमा आत्मनिर्भर बन्ने संकेत

पछिल्लाे समाचार

ठकुरापुर वन रेन्जर गणेश पुरीको निर्देशनमा काष्ठ तस्करी

कपिलवस्तु , साउन ३० वनको संरक्षणको दायित्व लिएको जिल्लास्थित सरकारी निकाय जिल्ला बन कार्यालय...

प्रदेश शभा सदस्यमा मिर्जा राशिद बेगको चर्चा

कृष्णनगर, साउन, २९ सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै...

चाइनाले उइगर मुस्लिम लाई कष्ट दिरहेको:- प्रवक्ता पठान

विजयनगर, साउन २६ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ दत्तपुरमा रहेको मदरसा अहले सुन्नत...

जसपा लुम्बिनि प्रदेश पदाधिकारीको बैठक ले गर्यो विभिन्न निर्णय

कपिलवस्तु, साउन २१ जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिको पदाधिकारी बैठक आज सम्पन्न भएको...

माइती नेपालको आयोजनामा सामाजिक सूचना व्यवस्थापन प्रणाली उद्घाटन

बुटवल, साउन २० रूपन्देहीको तिल्लोतमा नगरपालिकामा सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यक्रम विहिवार उद्घाटन भएको छ । मणिग्रामस्थित होटल ड्रिमल्याण्डको सभा हलमा...

हेटौंडा–उत्पादन र क्षेत्रफलमा बृद्धिसँगै बागमती प्रदेश धानमा आत्मनिर्भर बन्ने संकेत मिलेको छ । प्रदेशमा हालसम्म ९० प्रतिशत् रोपाईं सम्पन्न भएको हो । यसले धान उत्पादनमा प्रदेश आत्मनिर्भर हुने संकेत देखिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, हेटौंडाका अनुसार बागमती प्रदेशको कुल वर्षे धानले ढाक्ने १ लाख ३४ हजार २ सय ३८ हेक्टर क्षेत्रफलमध्ये मंगलबारसम्म १ लाख २१ हजार ३६ हेक्टर क्षेत्रफल अर्थात् ९० दशमलव ७७ प्रतिशत्मा रोपाईं सकिएको छ ।

समयमा मनसुन सुरु हुनु, कोभिडका कारण विदेशबाट फर्किएका र स्वदेशमा रहेकाहरु कृषि पेशामा लाग्नु, गाउँगाउँमा बसोबास बढ्नु, स्थानीय सरकारको कृषिमा सक्रियता, बाँझो जमिनमा खेती, प्रदेश सरकारको खाद्यान्नमा आत्मनिर्भर हुने अभियानलगायत प्रदेश सरकारका बोरिङ, सौर्य सिचाई तथा लिफ्ट सिचाईं, सिञ्चित क्षेत्र बिस्तार, कृषिमा यान्त्रिकीकरण आदि कारण धानखेती गरिने क्षेत्रफल वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशको अन्न भण्डारका रुपमा चिनिने चितवनमा ९६ प्रतिशत् रोपाईं सकिएको छ । चितवनमा धानखेती हुने २८ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये २७ हजार ४ सय ५६ हेक्टर क्षेत्रफलमा रोपार्इं सकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

मकवानपुरमा ९८ प्रतिशत रोपाईं सकिएको छ । मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये १० हजार ७ सय ८० हेक्टर क्षेत्रफल अर्थात् ९८ प्रतिशत्मा रोपाईं सकिएको हो । नुवाकोटमा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ११ हजार ५ सय ६९ हेक्टर क्षेत्रफल अर्थात् ८१ प्रतिशत्मा रोपाईं सकिँदा रसुवामा १ हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ९ सय ७ हेक्टर क्षेत्रफल अर्थात् ८३ प्रतिशत्, ललितपुरमा ४ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ५ सय ५४ हेक्टर क्षेत्रफल (९९ प्रतिशत्), भक्तपुरमा ४ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार २ सय ५७ हेक्टर क्षेत्रफल अर्थात् ९९ प्रतिशतमा रोपाईं सकिएको छ ।

काठमाडौंमा पनि ७ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमध्ये ७ हजार ८ सय १ हेक्टर क्षेत्रफल (९९ प्रतिशत्), काभ्रेपलाञ्चोकमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफल (८५ प्रतिशत्), सिन्धुपाल्चोकमा १२ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमध्ये ९ हजार ७ सय ८८ हेक्टर क्षेत्रफल (८० प्रतिशत्), रामेछापमा ८ हजार ८ सय १० हेक्टर क्षेत्रफलमध्ये ७ हजार ९ सय २९ हेक्टर क्षेत्रफल (९० प्रतिशत्), दोलखामा २ हजार ९ सय २० हेक्टर क्षेत्रफलमध्ये २ हजार ७ सय ७४ हेक्टर क्षेत्रफल (९५ प्रतिशत्), सिन्धुलीमा १५ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये १३ हजार ३ सय ११ हेक्टर क्षेत्रफल (८७ प्रतिशत्) रोपाईं सकिएको छ भने धादिङमा १२ हजार हेक्टर क्षेत्रफलमध्ये १० हजार ५ सय ६० हेक्टर क्षेत्रफल (८८ प्रतिशत्) मा रोपाईं सकिएको छ ।

Advertisement

लोकप्रिय

ठकुरापुर वन रेन्जर गणेश पुरीको निर्देशनमा काष्ठ तस्करी

कपिलवस्तु , साउन ३० वनको संरक्षणको दायित्व लिएको जिल्लास्थित सरकारी निकाय जिल्ला बन कार्यालय...

प्रदेश शभा सदस्यमा मिर्जा राशिद बेगको चर्चा

कृष्णनगर, साउन, २९ सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै...

चाइनाले उइगर मुस्लिम लाई कष्ट दिरहेको:- प्रवक्ता पठान

विजयनगर, साउन २६ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ दत्तपुरमा रहेको मदरसा अहले सुन्नत...