क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, १० भदौं । वैदेशिक रोजगारीको लागि क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने डडेल्धुरा भागेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय सुरेशनाथ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ बस्ने संखुवासभा मकालु गाउँपालिका–४ घर भएका ४३ वर्षीय धनबहादुर राई रहेका छन् । 

पक्राउ मध्ये सुरेशले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख १ हजार रूपैयाँ र धन बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूले उजुरी गरेका थिए । 

सोही आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कबाट र धन बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ । 

[bc_random_banner]

ताजा समाचार

Related Articles