बागमती प्रदेश सभाको अधिवेशन माघ १८ गते

हेटौँडा,१५ माघ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक यही माघ १८ गते विहान ११ बजे बस्ने गरी आह्वान गरेका छन्।

यही माघ ११ गते बसेको मन्त्रिपरिषदको बैठकले माघ १८ गते बस्ने गरी हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णयअनुसार प्रदेश प्रमुख देवकोटाले बैठक आह्वान गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

प्रदेश प्रमुखले बैठक आह्वान गरेको सूचनाको पत्र प्रदेशसभा सचिवालयमा आजै अपराह्न दर्ता गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

मन्त्रिपरिषदको सिफारिसबमोजिम गत असोज १० गते वर्षे अधिवेशन अन्त्य गरिएको थियो।

ताजा समाचार

Related Articles