काठमाडौँ, १५ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक सङ्घीय संसदमा पेश गरेको छ।
विधेयकलाई सङ्घीय संसदमा पेश गर्न यही माघ ७ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको थियो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सबैको चासोको विषय बनेको उक्त विधेयकमाथि सदनमा छलफल हुने बताए।
मन्त्रालयको मिडिया काउन्सिल विधेयक पनि सङ्घीय संसदमा दर्ता भई छलफलको क्रममा रहेको छ भने सुरक्षा मुद्रणसम्बन्धी ऐन, २०८१ र सार्वजनिक सेवा प्रशारण ऐन, २०८१ प्रमाणीकरण भई कार्यान्वयनको क्रममा छन्।