पोखरा, १५ माघ । पोखरामा ‘घुमौं मधेस, बुझौं मधेस’ को ब्यापक प्रचार गरिएको छ ।
पोखरामा आयोजित महोत्सवमा मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको ब्यापक प्रचार गरिएको हो ।
पोखरामा गत माघ १० गते देखी जारी ३३ औं औधगिक ब्यापार मेला एवम आइटी महोत्सवमा–२०८१ मधेस चिनाउने काम भइरहेको ‘घुमौं मधेस, बुझौं मधेस’ का कार्यक्रम संयोजक बिकास ठाकुरले जानकारी दिए । ‘यो महोत्सवमा स्टल राखे पछि पोखरावासीहरूले मधेस घुम्ने इच्छा ब्यक्त गर्नु भएको छ,’ उनले भने, ‘मधेसका एतिहासिक तथा सांस्कृतिक सम्पदाका बारेमा बुझाउने काम भइरहेको छ, धेरैजना उत्साहित हुनु भएको छ ।’
उनका अनुसार ‘घुमौं मधेस, बुझौं मधेस’ को स्टल नम्बर १ वाट मधेसमा रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रवाट जानकारी दिइएको छ भने स्टल नम्बर ४ बाट रौतहटको कटिया र बरमझियाको पेडाँको स्टल राखेर खानाको स्वाद पनि दिइरहेको छ । चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय सापकाेटा (सुरेन) ले स्टल ब्यवस्थापन गरेका छन् । ‘मधेसका बारेमा धेरै चासाे ब्यक्त गरेकाे देखिन्छ, धेरैले मदेश घुम्नु पर्नेमा जाेड दिइरहेका छन्,’ उनले भने, ‘याे हाम्राे लागि उपलब्धी हाे ।’
मधेस प्रदेश सरकार, उधोग बाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौं मधेस बुझौं मधेस’ को स्टलमा हालसम्म हजाराै मानिसले अवलोकन गरेका छन भने आगुन्तकहरूलाइ नेपाली र अंग्रेजी दुबै भाषामा प्रकाशित बुकलेट पनि बितरण गरिएको छ ।
सो महोत्सवको उदघाटन नै मिथिलाको झिंझिया र थारू नृत्युवाट सुरू भएकाले नि पोखराले मधेसलाइ महत्व दिएको उनले बताए । ‘पोखरा महोत्सवको उदघाटनवाट नै जुन खालको मधेसको चिनारी गराउने कार्य भयो, यसले हिमालको काखमा रहेकाहरूलाइ मधेसको समथर भुमीमा भ्रमण गर्न उत्साहित र प्रेरित गरेको छ ।’
त्यसो त गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पनि हिमाल, पहाड र मधेस जोडनका लागि यस्ता कार्यक्रमको बिशेष भुमिका रहनेसमेत जनाएका छन् । ‘हिमालका काखमा रहेकाहरू मधेसको समथर भुमीमा जानु पर्छ, मधेसका समथर भुमीमा रहेकाहरू हिमालको काखमा पुग्नु पर्छ, यसले दुवैतर्फका जनताले सांस्कृतिक तथा अन्य कुराहरू सिक्न र देख्न पाउने छन् ।’ मुख्यमन्त्री पौडेलले सांस्कृतिक आदन प्रदानको कार्यक्रमहरू दुवैतर्फ गरिनु पर्नेमा पनि जोड गरेका छन ।
दर्शकको चाप बढे पछि माघ १७ गतेसम्मका लागि भनिएको महोत्सव अब माघ १९ सम्म जारी रहने भएको छ ।