वृहत् वामपन्थी एकतानै अहिलेको आवश्यकता : झलनाथ खनाल

काठमाण्डौं, १२ माघ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वृहत् वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताएका छन् ।

शनिवार काठमाडौँमा एकदेव आलेको ५६ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले सबैलाई महसुस भएको खण्डमा अहिलेको आवश्यकता वृहत् वामपन्थी एकताको भएको र महसुस नभएको खण्डमा ०८४ सालको निर्वाचनपछि थाहा हुने बताएका हुन् ।

त्यस्तै, एकदेव आलेको सपना पूरा गर्ने भए नेपालका सबै कम्युनिस्टहरूले एकीकृत पार्टी निर्माण गरेर जानुपर्ने बताए । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भए पनि अहिले समाजवादी मोर्चाको परिपक्व अवस्था नभएको बताए ।

उनले भने, ‘अब कतिपय साथीहरू समाजवादी मोर्चा भन्नुहुन्छ । समाजवादी मोर्चाको अहिले त्यो परिपक्व अवस्था होइन । किनभने सबैले समाजवादी कार्यक्रम नै लिएका छैनन् । समाजवादी कार्यक्रम नै नलिएकाहरूले के समाजवादी मोर्चा बनाउने रु नाम मात्रैको समाजवादी मोर्चा बनाउने हो भने जे जे गरे पनि हुन्छ ।’

ताजा समाचार

Related Articles