सार्वजनिक विद्यालयलाई अनुदानमा बस

तीन पालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा कडाई

खासकुरा संवाददाताहेटौँडा, साउन २१ गते ।मकवानपुरका तीन पालिका धुमपान र सुर्तीजन्य पदार्थको बिक्रमा कडाइ गरेका छन् ।हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका र मनहरी...

महालक्ष्मी दोभान–चखेल–मातातीर्थ सडक निर्माणमा ढिलाई

खासकुरा संवाददाताहेटौँडा, साउन २१ गते । हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो मार्ग कुलेखानी, महालक्ष्मी दोभान, मातातीर्त,े सतुङ्गल सडक निर्माणमा ढिलाई भएको छ...

सात महिनामा पनि प्रदेश सभा समितिले पाएन सभापति

खासकुरा संवाददाताहेटौँडा, साउन २१ गते । बागमती प्रदेश सभा गठन भएर पहिलो अधिवेशन सुरुभएको सात महिना भईसक्दासमेत प्रदेश सभाअन्तर्गतका विषयगत समितिहरुले सभापति...

सार्वजनिक विद्यालयलाई अनुदानमा बस

खासकुरा संवाददाताहेटौँडा, साउन २१ गते । बागमती प्रदेश सरकारले सार्वजनिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान दिँदै आएको छ...

खासकुरा संवाददाता
हेटौँडा, साउन २१ गते । बागमती प्रदेश सरकारले सार्वजनिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान दिँदै आएको छ ।
प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडामार्फत गत आर्थिक वर्षमा १३ जिल्लाका २७ वटा सामुदायिक विद्यालय बस खरिदमा अनुदान पाउने सूचीमा थिए ।
प्रदेश सरकारले बस खरिदमा प्रति विद्यालय २५ लाख रुपियाँ अनुदान दिँदै आएको छ । अनुदानमा आयात गरिने बसमा भन्सारलगायतका करहरु विद्यालयले छुट पाउने व्यवस्था रहेको छ ।
गत आवमा अनुदानका लागि छनोटमा परेकामध्ये २४ वटा विद्यालयले मात्र बस खरिद गरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले नुवाकोटको वीरेन्द्र माध्यामिक विद्यालयले विद्यार्थी सङ्ख्या नपुगेका कारण र भरतपुरको नारायण माविसहित दुई विद्यालयले कर तिर्न नसक्दा अनुदानको बस ल्याउन नसकेको जानकारी दिनुभयो । पहिले पटक पटक बस खरिदमा अनुदान पाएका विद्यालयले दोश्रो पटक अनुदान सुविधा पाउन विद्यालयमा पाँचभन्दा बढी विद्यार्थी हुनुपर्ने व्यवस्थाअनुसार वीरेन्द्र माविमा पाँच सयभन्दा कम विद्यार्थी अध्ययनरत रहेकोले भन्सार छुटको सुविधा नपाउँदा बस आयात गर्न नसकेको हो ।
निर्देशनालयसँग बस खरिद सम्झौतासँगै अनुदानको ६० प्रतिशत भुक्तानी दिने र बाँकी ४० प्रतिशत बस आयातको अनुज्ञापत्र प्राप्त भएपछि दिने व्यवस्था रहेको छ । गत आवमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ स्थित चण्डिका मावि, इन्द्रसरोवर गाउँपालिका १ मार्खुस्थित सरस्वती बालवोधनी मावि, थाहा नगरपालिका ११ नौखण्डेस्थित बागेश्वरी मावि, बागमती गाउँपालिकाको फापरबारीस्थित जनतामावि र हेटौँडा उपमहानगरपालिका १३ स्थित महेन्द्र मावि गरी पाँच विद्यालयले अनुदानमा विद्यालय बस खरिद गरेका छन् ।
यस्तै चितवन र धादिङका चार–चार, नुवाकोट, काभ्रे, दोलखा र सिन्धुलीका दुई–दुई तथा काठमाडौँ, भक्तपुर, रसुवा, ललितपुर, सिन्धुपाल्चोक र रामेछापका एक—एक सार्वजनिक विद्यालयलाई अनुदानमा बस खरिद सूचीमा परेका थिए ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा पनि कार्यक्रमलाई निरन्तरता दिएको छ । चालु आवका लागि २७ वटा सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदानमा दिन छ करोड ७५ लाख रुपियाँ विनियोजन गरिएको छ ।
चालु आवमा मकवानपुरका छ वटा, काभ्रेका पाँच, नुवाकोटमा चार, काठमाडौँ, चितवन र धादिङका दुई–दुई तथा भक्तपुर, ललितपुर, रामेछाप, रसुवा, दोलखा र सिन्धुपाल्चोकका एक–एक सामुदायिक विद्यालयले बस खरिदमा अनुदान पाउने भएका छन् ।

ताजा समाचार

तीन पालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा कडाई

खासकुरा संवाददाताहेटौँडा, साउन २१ गते ।मकवानपुरका तीन पालिका धुमपान र सुर्तीजन्य पदार्थको बिक्रमा कडाइ गरेका छन् ।हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका र मनहरी...

महालक्ष्मी दोभान–चखेल–मातातीर्थ सडक निर्माणमा ढिलाई

खासकुरा संवाददाताहेटौँडा, साउन २१ गते । हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो मार्ग कुलेखानी, महालक्ष्मी दोभान, मातातीर्त,े सतुङ्गल सडक निर्माणमा ढिलाई भएको छ...

सात महिनामा पनि प्रदेश सभा समितिले पाएन सभापति

खासकुरा संवाददाताहेटौँडा, साउन २१ गते । बागमती प्रदेश सभा गठन भएर पहिलो अधिवेशन सुरुभएको सात महिना भईसक्दासमेत प्रदेश सभाअन्तर्गतका विषयगत समितिहरुले सभापति...

Related Articles